काठमाडौं : सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म (तीन महिना) सडक खन्न स्वीकृति नदिने जनाएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको हो। विभागले सूचना जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएक