काठमाडाैं : सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएकाले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले जनाएको छ।वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले असार १ देखि २०७९ भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड