अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका छन् । कर्मचारीको तलब वृद्धि बजेट घोषणा विपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएपछि अर्थमन्त्रीले १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका हुन् । सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणा अनुसार नै तलब बृद्धि हुने बताएका हुन । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिले