युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए ।दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ । पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट