धनकुटा । सरकारले गरिबीको रेखामुनी रहेका घर परिवारलाई जनता आवास कार्यक्रमका अलावा बसोबास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समयपछि धनकुटामा बल्ल कार्यान्वयनमा आउन लागेको छ।
सरकारले चालु आर्थिक वर्षमा २०७५/७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैँले गर्न चाहेमा जस्तापाता, सहुलियत दरको काठ...