यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ ।