भारतमा देखिएको समुद्री आँधीको प्रभाव नेपालमा, पूर्वी भागमा हावाहुरी र पानी पर्न सक्ने

काठमाण्डाै – नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ । नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनस...