काठमाडौं । संसदको कानून, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हद म्याद २ वर्ष बढाउने सहमति गरेको छ । शुक्रबार समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयकमाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो । बलात्कार सम्बनधी घटनाको मुद्दामा हदम्याद हटाउन माग भइरहेका बेला संसदीय समितिले दुईथरी हदम्यादको प्रश्ताव गरेको हो […]