अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ । समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो । समूह चरणको पहिलो खेलमा बराबरी गरेको रियाद महरेज कप्तानीको अल्जेरिया […]