जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ ।

सम्बन्धित सामग्री

जनकपुरमा विवाहपञ्चमी महोत्सव (तस्बिरहरु)

जनकपुर । जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम पुगेका छन् । स्वयंवर कार्यक्रममा सहभागि हुन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । सोमबार राम मन्दिर र जानकी […]

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

१२ मंसिर, जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह […]

सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई […]

विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाम, मंसिर ७ । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको […]

सीताराम विवाहपञ्चमी महोत्सव विधिवत् रुपमा सम्पन्न

साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा आजबाट सम्पन्न भएको छ । रामकलेवा अर्थात् मौहक विधि पूरा गरेसँगै महोत्सव सम्पन्न भएको हो ।रामकलेवाका क्रममा बेहुलालाई खीर खुवाउने चलन छ । परम्पराअनुसार जानकी मन्दिर प्राङ्गणमा बनाइएको मडवामा बसेर श्रीराम, लक्ष्मण, भरत र शत्रुघनका प्रतिकले खीर ग्रहण गर्ने गर्छन् । राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खीर खुवाइएको छ । यससँगै विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।मौहक विधि चलिरहेकै समयमा नारीहरुले गीतनादकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा

विवाहपञ्चमीको अन्तिम दिन खिर खुवाएर मनाइयो रामकलेवा

जनकपुरधाम – सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । बिहीबार रामकलेवा विधि भएसँगै यस वर्ष विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा मौहक भन्ने विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो। जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका […]

विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाहपञ्चमी कार्यक्रमअन्तर्गत […]

विवाहपञ्चमी महोत्सव : जानकी मन्दिर परिसरमा यस्तो देखियो धनुष यज्ञ विधि

जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ। त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ। धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम…

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आइतबार भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन्। त्रेतायुगमा मिथिला नरेश राजर्षी जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यस वर्ष पनि धनुष यज्ञ मनाइएको हो। प्रत्येक वर्ष धनुष यज्ञ विधि […]