साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा आजबाट सम्पन्न भएको छ । रामकलेवा अर्थात् मौहक विधि पूरा गरेसँगै महोत्सव सम्पन्न भएको हो ।रामकलेवाका क्रममा बेहुलालाई खीर खुवाउने चलन छ । परम्पराअनुसार जानकी मन्दिर प्राङ्गणमा बनाइएको मडवामा बसेर श्रीराम, लक्ष्मण, भरत र शत्रुघनका प्रतिकले खीर ग्रहण गर्ने गर्छन् । राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खीर खुवाइएको छ । यससँगै विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।मौहक विधि चलिरहेकै समयमा नारीहरुले गीतनादकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा