विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाहपञ्चमी कार्यक्रमअन्तर्गत […]

सम्बन्धित सामग्री

विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि मनाइएको छ। तिलकोत्सवको अवसरमा २ सय ५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए। राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन…

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो । नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन् । आजदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।