एउटा हातमा पुरानो सुटकेश। अर्कोमा भर्खर किनेको मास्कको बट्टा। जडीबुटीबाट चढ्न पाएको थिएन, गाडी उसलाई लडाउला झैँ गरी हुइँकियो।‘के गरेको यो?’ ऊ भन्दै थियो। ‘के गर्नु दाजु ट्राफिकले देखे चिट काटिहाल्छ’, खलासीले जवाफ दियो, ‘यहाँ रोक्न दिँदैन।’ऊ हत्तपत्त ड्राइभर नजिकै इञ्जिनमाथिको सिटमा बस्यो, सुटकेशलाई गोडाले अड्याउँदै। जडीबुटीको जामको के कुरा गर्नु, कोटेश्वर छिचोल्न नै १५ मिनेट लाग्यो।मुखमात्र छोपिएको मास्क घरी माथि सार्थ्यो, घरी चिउँडोमा पुर्याउँथ्यो। कहिले