काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताउनुभएको छ ।
मिर्गौला दिवसका अवसरमा काठमाण्डौमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताउनुभएको हो । उहाँले अब स्वदेशमै प्रत्यारोपण र उपचारको सम्भव भएको भन्दै मिर्गाैलासम्बन्धी विशेषज्ञ सेवा दिन तयारी भइरहेको पनि बताउनुभयो ।
यस्तै उहाँले मिर्गौलालाई स्वस्थ राख्न खानपान र स्वस्थ जीवनशैल...