विराटनगर : प्रदेश १ सरकारको प्रदेशमन्त्री निवासका निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगा गापामा आफ्नो स्वामित्वमा रहेको ल्याण्डफिलको ५ बिघा जग्गा दिने निर्णय गरेको छ।यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आइएको थियो। मोरङको बुढीगंगा गापा–६ डंग्राहामा आफ्नो नाममा रहेको २७ बिघामध्ये ५ बिघा जग्गा दिने महानगरले निर्णय गरेको हो। बुढीगंगामा भएको महानगरगरको जगा दिँदै गर्दा महानगरवासीले भने प्रदेश संरचना विराटनगर महानगरपालिका बाहिर