कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूलाई आवश्यक परेको रकम बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा प्राप्त गर्न सक्छ । ऋणीलाई निश्चित अवधिभित्र साँवाब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, ब्याज वा अन्य दस्तुर, पुनर्कजा, कर्जाको पुन: संरचना र नवीकरण, जमानी, अप्रत्यक्ष प्रत्याभूति वा अन्य वचनबद्धता नै कर्जा हुने भनी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २ (ज) मा परिभाषा गरिएको छ । बैंक तथा वित्तीय संस्थाले हायरपर्चेज, लिजिङ, हाउजिङ, कृषिलगायत विभिन्न शीर्षकमा ऋण प्रवाह गर्न सक्छन् । नेपाल राष्ट्र बैंकको निर्देशन, सीमा, शर्त तथा बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावलीको अधीनमा रही सञ्चालक समितिले प्रयोजन खुलाएर ऋण लगानी गर्नुपर्छ । राष्ट्र बैंकले तोकेको परियोजना, बचत समूह वा समूहको सदस्यलाई लघु व्यवसाय सञ्चालन गर्न लघु कर्जा दिने काम लघुवित्त वित्तीय संस्थाको हो । यसरी दिने ऋणमा बैंक तथा वित्तीय संस्थाले ऋणीसँग कुनै चल अचल सम्पत्ति धितो सुरक्षण लिन वा जमानीको माग गर्न सक्छ । ऋणको ब्याज भने राष्ट्र बैंकले समयसमयमा तोकिदिएबमोजिम असुल गर्न सक्छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५५ मा कर्जा प्रवाहसम्बन्धी व्यवस्था गरेको छ । भविष्यमा हुने जोखिम कम गर्न कर्जा दिँदा आफूलाई मान्य हुने चल अचल सम्पत्ति सुरक्षण लिई वा उचित जमानी लिई कर्जा प्रवाह गर्नुपर्छ । कर्जाको सुरक्षणबापत लिएको सम्पत्ति कुनै पनि बेहोराबाट कसैका नाउँमा रजिस्ट्रेशन वा दाखिल खारेज गर्न वा हस्तान्तरण हुन नसक्ने गरी रोक्का राखिदिनका लागि बैंक वा वित्तीय संस्थाले सम्बद्ध कार्यालयमा लेखी पठाउनुपर्छ । त्यसरी रोक्काका लागि लेखी आएमा सम्बद्ध कार्र्यालयले सोहीबमोजिम रजिस्ट्रेशन, दाखिल खारेज वा रोक्का गरिदिनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो र निक्षेपकर्ताको हितको सुरक्षा हुने किसिमले मात्र कर्जा प्रवाह गर्नुपर्छ । संस्थाले लगानी गरेको ऋण सोही ऐनको दफा ५७ बमोजिमको प्रक्रियाभित्र रहेर असुलउपर गर्नुपर्छ । ऋणीले कर्जा लेनदेनसम्बन्धी लिखत वा करारमा उल्लिखित शर्त, कबुलियतको पालना नगरेमा वा लिखत वा करारको भाखाभित्र कर्जा वा त्यसमा लागेको ब्याज, हर्जाना चुक्ता नगरेमा वा कर्जा रकमको दुरुपयोग गरेको देखिएमा कर्जा लेनदेनको लिखत वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले बैंक वा वित्तीय संस्थालाई लेखिदिएको धितो सुरक्षणलाई लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो साँवाब्याज असुलउपर गर्न सक्छ ।
ऋणीले बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जाको शर्त, भाखा र ब्याजसम्बन्धी कुरा कर्जाको लिखत वा करारमा उल्लेख भएको हुन्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीलाई प्रदान गरेको कर्जा रकम र त्यसमा लाग्ने ब्याज, हर्जाना तथा तिर्नु/बुझाउनुपर्ने समयतालिकासमेत लिखत वा करारमा स्पष्ट रूपमा खुलाई दिनुपर्छ । त्यसको जानकारी ऋणी तथा जमानीकर्ता भए निजलाई समेत दिनुपर्छ । साथै ऋणीले आफूले तिर्नु/बुझाउनुपर्ने वा तिर/बुझाएको कर्जाको साँवा, ब्याज, हर्जाना तथा अन्य शुल्क एवम् कर्जा लिखत वा करारसम्बन्धी कागजात माग गरेमा बैंक तथा वित्तीय संस्थाले सम्बद्ध ऋणीलाई उपलब्ध गराउनुपर्छ । ऋणीले कर्जा लिखत वा करार कागजको पूर्ण पालना गर्दै कर्जा चुक्ता गर्नेतर्फ सक्रिय हुनुपर्छ । संस्थाले दिएको कर्जा सदुपयोग भएको छ वा छैन भनी अनुगमनको समयतालिका बनाई नियमित अनुगमन गर्नुपर्ने गरी सोही ऐनको दफा ५६ मा बाध्यात्मक व्यवस्था गरेको छ ।
ऋणीले थप धितो नराखेमा वा राखेको धितो सुरक्षणबाट साँवा, ब्याज असुलउपर हुन नसकेमा बैंक वा वित्तीय संस्थाले ऋणीको स्वामित्वमा रहेको वा ऋणीको हक लाग्ने अन्य चल अचल सम्पत्तिबाट आफ्नो साँवा, ब्याज असुलउपर गर्न सक्छ । त्यसरी ऋण असुल गर्दा वा सम्पत्ति लिलाम विक्री गर्दा भएको खर्च रकम र साँवा, ब्याज र हर्जानाको रकम कट्टा गरी बाँकी रहन आएको रकम सम्बद्ध ऋणीलाई फिर्ता दिनुपर्छ । धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति लिलाम विक्री गर्दा कसैले पनि नसकारेमा त्यस्तो सम्पत्ति बैंक वा वित्तीय संस्थाले तोकिएबमोजिम आफ्नो स्वामित्वमा लिन सक्छ ।
ऋणीले कर्जा लिखत वा शर्त कबुलियतनामा बमोजिम तोकिएको समयभित्र बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा चुक्ता गर्नुपर्छ । ऋणीले लिएको कर्जा र त्यसमा लाग्ने ब्याज तथा हर्जाना कर्जा लेनदेनसम्बन्धी लिखत वा करारमा उल्लिखित भाखाभित्र चुक्ता नगरेमा बैंक वा वित्तीय संस्थाले त्यस्तो ऋणीलाई कानूनबमोजिम कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्छ । त्यस्ता ऋणीहरूलाई कालोसूचीमा राख्ने मुख्य कार्य कर्जा सूचना केन्द्रको हो । कालोसूचीमा राख्ने कार्य सजाय नभई ऋणीलाई कर्जा र त्यसको ब्याज, हर्जाना समयमै चुक्ता गर्न जिम्मेवारी बोध गराउने कार्य हो । भाखाभित्र कर्जा चुक्ता नगर्ने ऋणीलाई सचेत गर्न र कर्जा प्रवाहमा शुद्धता कायम गर्न बैंक तथा वित्तीय संस्थाले कालोसूचीलाई हतियारका रूपमा प्रयोग गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट ऋणीले लिएको कर्जाको साँवा, ब्याज लिखतमा तोकिएको अवधिभित्र चुक्ता गर्नुपर्छ । समयमै कर्जा चुक्ता गर्ने दायित्व सम्बद्ध ऋणीको हो भने भाखाभित्र कर्जा असुलउपर गर्ने अधिकार सम्बद्ध बैंक तथा वित्तीय संस्थाको हो ।
लेखक अधिवक्ता हुन् ।
दोलखा : दोलखाका मेलुङ र तामाकोसी पालिकाका उद्यमी कृषकलाई बैंकले सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएका छन्।ती गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकहरूलाई सहुतियतपूर्ण ऋण प्रवाहका लागि हिमालयन, प्रभु र लक्ष्मी सनराज बैंकबीच सम्झौता गरेका छन्।कर्जाका लागि तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार थोकर र तीनवटै बैंकका प्रमुख तथा प्रतिनिधिबीच हस्ताक्षर भएको छ।सम्झौतापत्रमा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी उत्पादन एवं रोज
काठमाडौं, २९ वैशाख। नेपाल राष्ट्र बैंकले २०७९ चैत मसान्तसम्ममा १ लाख ४७ हजार ८ सय ७ ऋणीलाई सहुलियतपूर्ण ऋण प्रवाह भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार २ खर्ब ५ अर्ब ११ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २ सय ऋणीलाई १ खर्ब ३९ अर्ब ६५ करोड कर्जा बक्यौता रहेको छ।
प्रवाह गरेको कर्जा असुली हुन नसक्दा लघुवित्त क्षेत्र यतिखेर समस्यामा छ । ३३ लाख ऋणीलाई करिब ४ खर्ब ५० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका लघुवित्त वित्तीय संस्थाहरूले कर्जा उठाउन नसक्दा समस्यामा परेका हुन् । चर्को ब्याज असुली गरेको, राष्ट्र बैंकको नियमभन्दा बाहिर गई धितो लिएको, ऋणीहरूमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप तथा गुनासोको सामना लघुवित्त […]
काठमाडौँ । सरकारले २ प्रतिशत ब्याजदरमा साढे २ खर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र थपेर ऋण प्रवाह गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको थियो । एक लाख ४७ हजार २३ जनाले सरकारले दिएको सस्तो ब्याजदरको ऋण लगेका छन् । यस्तो ऋणको […]
फागुन ३०, काठमाडौं । चालू आव (आव) २०७८/७९ को फागुन महीनामा वाणिज्य बैंकहरूमा थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
उक्त अवधिमा कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
माघको अन्त्यसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । उक्त अवधिमा कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ भएको थियो । गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
त्यस्तै पछिल्लो एक साताको अवधिमा यी बैंकहरूबाट १ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ । निक्षेप संकलन भने २ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले बताएको छ ।
माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।
माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।
निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।
काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप भने ५ अर्बले घटेको छ । मंसिरको दोस्रो हप्तासम्म ४० खर्ब ६९ अर्ब प्रवाह भएको ऋण मंसिर २४ गते […]
वित्तीय प्रणालीमा अधिक तरलता अभाव हुँदाहुँदै बैंकहरूले कर्जा विस्तार तीव्र पारेका छन् । गएका १४ दिनमा बैंकबाट करिब ६० अर्ब रुपैयाँ थप ऋण प्रवाह हुनुले पनि त्यसलाई पुष्टि गर्ने जानकारहरू बताउँछन् ।
विराटनगर : कर्मचारी सञ्चय कोष विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा दुई अर्ब ६५ करोड ऋण प्रवाह गरेको थियो।
शाखाले आर्थिक वर्ष २०७३/७४ मा २२ हजार ४९३ सञ्चयकर्तालाई दुई अर्ब ५० करोड विशेष सापटी गरेको छ। चार