२३ भदौ, काठमाडौ । लामो विवाद र व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड, स्यानिटरी प्याडको कच्चा पदार्थसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो । बिहीबार […]
बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिँदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरू देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि […]
बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिज
२४ जेठ, काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुल पुरानै व्यवस्था अनुसार कायम गर्न सरकारसँग माग गरेको छ । नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुल वृद्धि गर्नुले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित […]
१६ जेठ, काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ । यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु […]
सरकारले मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका हुन् ।अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ सय सीसी माथिका मोटरसाइकलमा भन्सार दर भारी मात्रामा बढाएका हुन् । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने यसअघिकै ३० प्रतिशत भन्सार दर स्थिर राखिएको छ । आर्थिक ऐन अनुसार २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत भन्सार दर र २० प्रतिशत अन्तःशुल्क बढाईएको छ । २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ ।२५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसमा ४० प्रतिशत थप बढाएर ७० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क ८० प्रतिशत बनाईएको छ । ५०१ सीसीदेखि माथिका सबै मोटरसाइकलमा अब भन्सार दर ८० प्रतिशत लाग्ने भएको छ । अब २ सय सीसी माथिका मोटरसाइकलको आयात र तिनको खरिद महँगो हुने भएको छ ।
काठमाडौँ– आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतीय गाडीको अन्तःशुल्क तथा भन्सार शुल्क बढाएका थिए। खतिवडाले अन्तःशुल्क ४० प्रतिशत र भन्सार दर ८० प्रतिशत लिने व्यवस्था गरेका थिए। जसकारण विद्युतीय गाडीको आयात घटेको थियो। यस विषयमा धेरैले आलोचना पनि गरे। तर, सो कुरा परिवर्तन भएन। उसो त प्रधानमन्त्री केपी शर्मा […]
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनको अन्तःशुल्क खारेज गर्नुका साथै भन्सारदर पनि घटाएपछि नेपालमा वीरगन्जको सुक्खा बन्दरगाहमा एक वर्षदेखि रोकिएका गाडी भित्रन थालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभित्र उत्पादित...
विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित गरिएको छ ।यसअघि इन्डक्सन चुल्होमा पाँच प्रतिशत भन्सार लाग्दै आएको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इन्डक्सन चुल्होको भन्सार एक प्रतिशतमा झारिएको जानकारी दिए । भन्सार शुल्क कम भएपछि नेपाली बजारमा सस्तो मूल्यमा इन्डक्सन चुल्हो पाइनेछ । मुलुकमा पछिल्लो समयमा