नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। आइतबार भएको मतदानमा इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंगबहादुर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन्। शनिवार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षकै दुई जनाको उम्मेद्वारी परेकोमा डा प्रेमध्वज लामा बाहिरिएका थिए।…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो स्थानीय निर्वाचनमा नेकपा एमालेलाई कांग्रेसले हराउने दाबी गरेका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्। 'नेकपा एमाले वैशाख ३० गतेको स्थानीय निर्वाचनमा देशभर कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ,' महामन्त्री थापाले…

एमाले वैशाख ३० मा कांग्रेससँग हार्न तयार भए हुन्छ : गगन थापा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा हुने निर्वाच्नमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने बताएका छन्। वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने दाबी गर्दै उनले कांग्रेससँग हार्नलाई एमाले तयार रहे हुने बताएका हुन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला […]

कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ मा हुने, काे-काे छन् सभापतिका दाबेदार ?

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन आगामी २७ र २८ फागुनमा हुने भएको छ ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा होमिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय सभापतिमा बस्नेत र तामाङ विजयी

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सभापतिमा बालकृष्ण बस्नेत र २ को सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन्।शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजा आइतबार बिहान आएको हो। बस्नेत तेह्रौं अधिवेशनमा समेत साविक क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका थिए भने तामाङ साविक क्षेत्र नम्बर ३ को सभापतिमा निर्वाचित भएका थिए। साविक क्षेत्र नम्बर २ मा भने टंक कार्की सभापतिमा निर्वाचित भएका थिए।देश संघीय संरचनामा गएपछि बनेको २ क्षेत्रमध्ये १ मा बस्नेतले र २ मा तामाङले नै नेतृत्व

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे । उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव […]

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दै आएको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताए । देशमा […]