मौरीमा रोग किराको प्रकोपले उत्पादन घटेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा यसवर्ष विगतको तुलनामा भन्दा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो । म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । ...

सम्बन्धित सामग्री

खडेरीले सुके बाली, डढेलाेले सकिए वन

वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन्।

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...

भित्र्याउने बेलामा धानमा ‘पोके’ र ‘फड्के’ को प्रकोप

पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

धमाधम भेडा मर्न थालेपछि म्याग्दीका किसान चिन्तित

काठमाडौँ- म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुन्निनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए । ठाडाखानीमा […]

औँसा  र फौजी किराको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा

केरा र आलुमा रोग देखिएपछि किसान चिन्तित

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

धान भित्र्याउने बेला वर्षा भएपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी : पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन्। आइतवारत रातिदेखि वर्षा भइरहेको छ।वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए। ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट,

कोरोना र फौजी कीराको प्रकोपमा म्याग्दीका किसान

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएका बेला खेतबारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो मारमा परेका छन् । जिल्लामा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहका कतिपय किसान कोरोना संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेला मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणमा समस्या भएको छ । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । बगरफाँटको ४०० रोपनीमा फैलिएको फाँटमा फौजी कीराले मकैबाली नष्ट गरिदिएको कृषक थापाको भनाइ छ । ‘खेती लगाएका किसान कोरोनाले थलिएका छन्, खेतमा मकै कीराले खाएर सिध्यायो, अब यस वर्ष खाद्यान्नको संकट हुने भयो,’ उनले भने । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसान मकैबाली पनि कीराले नष्ट गरिदिँदा निराश बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष किसानले रोग र भोकको सामना गर्नुपर्ने बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानका अनुसार भर्खरै उम्रिएका मकैमा फौजी कीराको प्रकोप झन् बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

असिनाले बाली नष्ट : किसान चिन्तित

चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।