धान भित्र्याउने बेला वर्षा भएपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी : पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन्। आइतवारत रातिदेखि वर्षा भइरहेको छ।वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए। ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट,