काठमाण्डाै – दशैँ तिहार जस्ता मुख्य चाडपर्व नजिकिएका छन् । दशैँका बेलामा ओहोरदोहोर गर्ने यात्रु र गाडीको संख्या पनि धेरै हुन्छ । तर अहिले देशका मुख्य राजमार्ग र सडकको अवस्था खराब छ ।
यसवर्षको मनसुनी वर्षाले मुख्य राजमार्गमा निरन्तर पहिरो झर्ने गरेको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा बेला बेला लेदोसहित पहिरो झरिरहेको छ । यस्तै, मुग्लिन-नारायणगढ र सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल खण्डमा पनि जोखिम छ । मध्यपहाडी लोकमार्ग, कोशी राजमार्ग, कर्णाली राजमार्ग लगायतका सडकका ठाउँ ठाउँमा पनि पहिरो ...