चितवन ३ मा एमालेले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । एमाले केन्द्रीय कार्यालयबाट आएको इमेल 'भेरिफाई' भइसकेको उनले बताए ।