चितवन-३ मा एमाले उम्मेदवार न्यौपानेले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का चितवन-३ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको थियो । विद्युतीय माध्यम (इमेल) बाट आएको उक्त निवेदन निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको हो । एमालेले भने अब […]

सम्बन्धित सामग्री

मौलिक जरोकिलो पार्टीका उम्मेदवारको समर्थन शंकर पोख्रेललाई

मौलिक जरोकिलो पार्टीबाट दाङ– २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले उम्मेदवारी फिर्ता लिंदै एमाले उम्मेदवार शंकर पोख्रेललाई समर्थन गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जरोकिलो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई पोख्रेलले खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

प्रधानमन्त्री देउवालाई हराउन एमाले अध्यक्ष ओलीको निवेदनले उम्मेदवारी फिर्ता

डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फका एमालेका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता लिन निव...

कास्की-३ मा एमालेबाट बागी बनेका बास्तोलाद्वारा उम्मेदवारी फिर्ता

पोखरा । कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए । एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनी अहिले बैरागीको चुनावी अभियानमा हिँडेका छन् ।

विक्रम पाण्डे र रविको साँठगाँठले हलचल, चितवन ३ मा एमाले उम्मेदवार फिर्ता

चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्ना उम्मेदवार फिर्ता गरेर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका ...

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

१७ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ […]

माओवादीले आफ्नो उम्मेदवार अपहरण गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ । उम्मेदवारी फिर्ता लिन दबाब दिएपछि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोक बहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो । एमाले नेताहरूका अनुसार आज बिहान उम्मेदवारी फिर्ताका लागि माओवादी नेता कार्यकर्ताहरूले दबाब दिएका […]

संखुवासभाका स्वतन्त्र उम्मेदवारको वाम गठबन्धनलाई समर्थन

१४ कात्तिक, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभाका एमाले उम्मेदवार राजेन्द्र गौतमबिरुद्ध बागी उम्मेदवारी दिएका डा. गुप्तबहादुर श्रेष्ठले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिइ वाम गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनबाटै आफ्नो चुनाव चिन्ह कैंची खारेज भएको घोषणा …

अन्ततः मनाङमा डन मनाङ्गे नै एमालेका असली उम्मेदवार - Naya Patrika

मनाङको क्षेत्र नम्बर २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्...पूरा पढ्नुहोस् »

दीपक मनाङेलाई सघाउन एमालेले लियो उम्मेदवारी फिर्ता

मनाङको प्रदेश क्षेत्र २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका…