चितवन ३ मा कांग्रेसका दुई नेताको बागी उम्मेदवारी दर्ता

चितवन – चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराउनु भएकाे छ । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको कोइरालाले माओवादीसँग तालमेल भएसँगै रेनु दहालको उम्मेदवारी पछि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको थियो । २०७४ को चुनावमा कोइराला चितवन ३ को प्रदेश सभा (ख) मा उम्मेदवार भए पनि पराजित ...

सम्बन्धित सामग्री

नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित

काठमाडौं । काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी र चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका […] The post नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए […]

चितवन ३ मा कांग्रेसका बागी अगाडि

चितवन निर्वाचन क्षेत्र ३ को प्रारम्भिक नतिजा आउँदा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा माछा चुनाव चिन्हबाट उम्मेदवार बनेका दिनेश कोइरालाले  ११६० मत गन्दा...

चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाले गरे मतदान

चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले मतदान गरेका छन् ।

चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्यो

चितवन – नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएकाे हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. ...

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

२६ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर […]

चितवन–३ मा कांग्रेसका बागी कोइरालाले पाए माछा चुनाव चिह्न

२६ असोज, चितवन । चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी […]

चितवन ३ मा कांग्रेसका बागीलाई समर्थन गर्न एमालेले उम्मेदवारी फिर्ता लिँदै

नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘चितवन – ३ का एमालेबाट उम्मेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट पत्र आएको छ । ३ बजेसम्म निर्णय हुन्छ ।’

चितवन-३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने

२३ असोज, चितवन । चितवन-३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । आइतबार अनलाइनखबरसँगको कुराकानीमा दिनेशले आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए । एमालेको समर्थनमा उम्मेदवारी दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मैले उम्मेदवारी दर्ता गर्ने […]