काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एक्लै लडेको भए स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत ल्याउने दाबी गरेका छन्।आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनमा आफ्नो पार्टीलाई अपमान भएको बताए।उनले भने, ‘काठमाडौं जिल्लामा २२ लाख जनसंख्या छ। हामीले जित्न सकेनौँ, त्यसबारे हामीले समीक्षा गरिरहेका छौँ। अहिले ९ लाख मत प्राप्त गरेका छौँ। राष्ट्रव्यापी उम्मेदवार उठाउन सकेको भए हामीले २० लाख मत प्राप्त गर्ने रहेछौँ।