तीन वर्षदेखि घर पुनः निर्माणको पर्खाइमा ६३२ बाढीपीडित

तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको घर नै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् । सरकारले बाढीपहिरोबाट भत्केका घरको पुनःनिर्माणका लागि अनुदान दिने भन्ने खबर पाएपछि थापाले आवश्यक कागजात तयार …

सम्बन्धित सामग्री

गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

‘रोएर भएन, कराएर भएन, सास रहुञ्जेल जे परे नि बेहोर्नुपर्यो । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ, उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् ।गाेरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानको मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।कपाल सेतै फुलेका छन् । दुई,चार वटाबाहेक सबै दाँत झरिस

सुर्खेत बाढीपीडित चार वर्षदेखि अस्थायी छाप्रोमै

जानकी सुनारको न्वारन गरेको एक दिन मात्र भएको थियो, उनको घरजग्गा पहिरोले बगायो। धन्न जानकीलाई केही भएन। परिवारका अरू सदस्य पनि जोगिए। यो २०७१ साउन २९ को घटना हो। उनीहरूको घर सुर्खेत, भेरीगंगा नगरपालिका, पाँडुलेमा पर्छ। साबिकमा लेखपराजुल गाविस–९ थियो। पहिरोले घरजग्गा बगाएपछि केही दिन आफन्तकहाँ बसे। त्यसपछि सुर्खेत–नेपालगन्ज सडकछेउ पाँडुले जंगलमा अस्थायी शिविरमा बस्न…