२४ पुस, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै गत बुधवारदेखि गरिएको अनिश्चितकालिन डोटी बन्द सोमवार साँझबाट फिर्ता लिइएको छ ।
सोमवार साँझ दिपायलको पिपल्लामा बसेको आन्दोलन संयोजन समितिको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो । बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनको स्वरुप परिवर्तन …