टोटेनहम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। दोस्रो डिभिजनको क्लब वेकम्व वान्डरर्समाथि ४-१ गोलको जित निकाल्दै टोटेनहमले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। खेलमा अग्रता भने च्याम्पियनसिप क्लब वेकम्वले लियो। उसका लागि खेलको २५ मिनेटमा ओन्येडिन्माले गोल गरे।