आज जबरासँग पूरक प्रश्न, शनिबार प्रतिवेदन

महाभियोग सिफारिस समितिले शुक्रबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न गर्न बिहान ९ बजे बैठक बोलाएको छ । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि...

सम्बन्धित सामग्री

काठमाडौं–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे ।  आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए ।  प्रक्रिया पु¥याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । प्रमुख जिल्ला अधिकारीमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।  नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौंडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । उनले यसबारेमा आवश्यक निर्णय नभएकाले अहिले नै यस्तो हुन्छ भन्ने ठाउँमा नपुगेको उल्लेख गरे ।  सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे । ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्प्रेषण गरेर मात्र विकास हुने होइन । यी निकायमा समस्या नै छैन भन्ने मेरो जिकिर पनि होइन । यी संस्था हामी नागरिकको साझा सम्पत्ति हुन् । ती निकायमा रहेको कमीकमजोरी सुधार गर्न नागरिकको रचनात्मक भूमिका जरुरी हुन्छ,’ उपप्रधानमन्त्री खड्काले भने ।  सरकारले ‘सैनिक ऐन, २०६३’ लाई संशोधन गरेर समयानुकूल बनाउन लागिपरेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए । सरोकारवालासँग आवश्यक छलफल गरी संशोधन मस्यौदा अगाडि बढाइएको भन्दै सङ्घीय संसद्को चालु अधिवेशनको संसद्मा उक्त ऐन पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।  सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा क्रियाशील रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले उल्लेख गरे । सांसदहरू भैरवसुन्दर श्रेष्ठ दिलकुमारी रावल थापा अनिता देवकोटा, गोमादेवी तिमिल्सिना, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, कमला पन्त, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरेले उपप्रधानमन्त्री खड्कालाई पूरक प्रश्न गरेका थिए । रासस

चोलेन्द्रविरुद्धको महाभियोगको प्रतिवेदन समितिले बुझाउँदै

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगको विषयमा सिफारिस समितिले प्रतिवेदन संसद् सचिवालयमा बुझाउँदैछ । संसद् सचिवालयका अनुसार अहिले प्रतिवेदन तयार भइरहेको छ । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार प...

चोलेन्द्रमाथिको महाभियोग ‘समितिमै’ गिजोल्ने प्रयास

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिमै गिजोल्ने प्रयास भएको छ । समिति सदस्यहरूका अनुसार बुधवार बसेको महाभियोग सिफारिस समितिको बैठकमा आज शुक्रवार बस्ने बैठकमार्फत जबरालाई पूरक प्रश्न सोध्ने र प्रतिवेदन तयार गर्ने सहमति भएको थियो ।तर त्यसविपरीत शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्ष एमालेका तर्फबाट समितिमा रहेका सांसदहरूले पूर्व सहमति विपरीत जबराले दिएको बयानको उतार पुन पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्नुपर्ने बताएका थिए । एमाले सां

जबरालाई बयानमा हस्ताक्षर गराउने तयारी : पूरक प्रश्न नसोधिने

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ । आजको बैठकमा उहाँसँग पूरक प्रश्न नसोधिने भएको छ । यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले बयानमा केन्द्रित रहेर प्रतिवेदन लेख्ने काम गरिरहेको जानकारी दिनुभयो । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा प...

एमालेको प्रस्ताव : चोलेन्द्रलाई पूरक प्रश्न नगरौं, थप कागजात मगाऔं

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् । महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार […]

महाअभियोग सिफारिस समितिको बैठक बस्दै : जबरासँग पूरक प्रश्न गर्ने तयारी

काठमाण्डाै - महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि आज निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई बोलाएको छ । समितिको बैठक बिहान ९ बजे बस्दैछ । हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो । महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका छन् । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारे...

भोलि फेरि जबराको बयान लिइने, वकिलले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग समितिले भोलिको बैठकका लागि बोलाएको छ।  शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा राणालाई पूरक प्रश्न सोध्न बोलाइएको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।  उनीमाथि थप प्रश्न सोध्ने कामसँगै प्रतिवेदन पनि तयार गर्ने तयारी रहेको उनले बताए। बिहीबार समितिले वरिष्ठ अधिवक्ता तथा वकिलहरूसँग बयान लिएको थियो।  वरिष्ठ […]

जबराको बयान सकियो, आवश्यक परे पूरक प्रश्न सोधिने

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ। मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। समितिले यसै महिनाको अन्त्यमा अध्ययन प्रतिवेदन सदनमा पेश गर्ने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए। जबरालाई […]

कसरी अघि बढ्दैछ महाभियोग प्रक्रिया ? एमाले सहमत नभए बहुमतको प्रतिवेदन बुझाइने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग सिफारिस समितिले तीनदिन बयान लिइसकेको छ । प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेकोमा जबराले ३५ प्रश्नको जवाफ दिइसकेका छन् । अब उनले ८ प्रश्नको जवाफ दिनुपर्ने छ । त्यससँगै मंगलबार नै उनलाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने...