अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नासु थापाले १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको