रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताउनुभएको छ ।
आज बिहीवार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले एकातिर व्यापार घाटा निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता विस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आयातमाथि निर्भरता विस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बना...