बागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेशसभा मंगलबार चौंथो वर्ष पुरा गरेर पाचौं वर्षमा प्रवेश गरेको हो । २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । संघीयता कार्यान्वयन चरण सुरु भएलगत्तै बागमती प्रदेशले पहिलो प्रदेशको रूपमा काम अगाडि बढाएको थियो ।यस अवधिमा प्रदेशसभामा थुप्रै राजनीतिक उत्तर चढाव भए । बहुमत सांसद संख्याका साथ सरकारको नेतृत्व गरेको एमाले सत्तापक्षको बेन्चबाट अहिले प्रतिपक्षको हैसियतमा पुगेको छ । संविधानत प्रदेशसभाको समयअवधि अब झण्डै एक वर्ष मात्रै बाँकी छ ।हाल