कोलकातामा खेलिएको अन्तिम टी२० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिए ।१ सय ८५ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १७.२ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा अलआउट हुन पुग्यो । मार्टिन गुप्टिलले ५१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतक