न्युजिल्यान्डसँगकाे एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाकाे 'क्लिन स्वीप'

काठमाण्डाै – न्युजिल्यान्डसँगकाे तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ ।  आज भएको तेस्रो तथा अन्तिम खेल २५ रनले जितेसँगै अस्ट्रेलियाले शृङ्खला तीन–शून्यले जित्दै 'क्लिन स्वीप' गरेको हाे । छ । क्विन्सल्याण्डमा अस्ट्रेलियाले दिएको दुई सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक बल बाँकी छँदै दुई सय ४२ रनमा अलआउट भयो । उसका लागि ग्लेन फिलिपले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा क्यामरन ग्रीन र सिन एबटले दुई/दुई विकेट लिए ।...