कर्णाली प्रदेशमा बिहीबार ११४ जनाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यो तथ्याङ्क साउन महिना यताकै बढी हो। साउन महिना सुरु भएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक उकालो लाग्दो थियो । बिहीबार भने १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिँदा ११४ जनाले जितेर डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ। बुधबार प्रदेशमा ९३२ जना सक्रिय सङ्क्रमित रहेका थिए भने बिहीबार ८९७ मा झरेको छ । प्रदेशमा कहिले सङ्क