काठमाडौ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए ।
संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।
एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।
विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा रु ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका हुन ।
कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन । नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनि कृषि क्षेत्रमा लागेका हुन ।
किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना छ ।
“बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ”, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भने, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।”
लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । “हाम्रो परिवार ३५/३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर शुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो”, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, “धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।”
पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनिको भनाइ छ । “हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं”, उनले भने, “निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।”
कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ ।
“खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं”, बस्नेतले भने, “अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।”
बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनिको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए ।
“चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन”, उनले भने, “किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।”
उनिका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ ।–सिबी अधिकारी, रासस
सरकारले प्रमुख बालीका रूपमा घोषणा गरेको धानको उत्पादन यस वर्ष बढेको भनिए पनि यथार्थ त्यस्तो छैन । बेमौसमी वर्षा र अन्य कारणले गत वर्ष धान उत्पादनमा धेरै कमी आएको थियो । अहिले त्यसमा केही सुधार मात्र आएको हो । त्यसअघिको वर्षका तुलनामा धान उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ५ लाख टन […]
काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]
बागलुङ : गत वर्षको तुलनामा यस वर्ष झण्डै २०० हेक्टरभन्दा बढी जमिनमा रोपाइँ भएको थियो। समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउनमै रोपाइँ गरे। रोपाइँपछि पनि नियमित वर्षात हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुशी भए। जब धान पाक्यो र भित्र्याउने वेला भयो‚ तब बेमौसमी वर्षा भयो। लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुग्दा जिल्लामा धान उत्पादनमा गिरावट आयो।मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर
धनुषा : प्रदेश २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ। गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो।प्रदेशमा चालु आर्थिक वर्षमा कुल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिए।गत आर्थिक वर्ष २०७७/७८ मा तीन लाख ४५ हजार ६०३ हेक्
फड्के कीराको प्रकोप, बाली भित्र्याउने बेलामा बेमौसमी वर्षा र हावाहुरीको बाबजुद यो वर्ष पर्सामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा धानको उत्पादन थोरै भए पनि बढेको हो ।
कात्तिकको पहिलो साता बेमौसमी वर्षा र वर्षाका कारण आएको बाढीले पसाउन लागेको धान बालीलाई क्षति पुर्याएकाले धान उत्पादनमा कमी आएको प्रदेश कृषि निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणि काफ्लेले बताए।...
खोटाङ – बेमौसमी वर्षा र हावाहुरीका कारण यस वर्ष खोटाङमा धान उत्पादन घटेको छ ।
गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गएकाे वर्षको तुलनामा खाेटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गएकाे वर्ष २९ हजार सात सय ९५ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा याे वर्ष २५ हजार एक सय ५२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।
दुई नगरपा...
मंसिर १४, चितवन । चितवन जिल्लामा चालू आर्थिक वर्ष ०७८/०७९ मा गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा धान उत्पादनमा न्यून वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र, चितवनका अनुसार चालू आर्थिक वर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन हुने भएको थियो भने गत आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६/०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।
ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यसवर्ष बेमौसमी वर्षाका कारण दाना लागेको र पाकेकोे धानमा १२ प्रतिशत धान क्षति हुँदा अपेक्षा अनुसार धान उत्पादनमा वृद्धि नभएको जानकारी दिए । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो, प्रमुख पाण्डेले भने, तर बेमौसमी वर्षाले गर्दा कुल उत्पादनमा त्यति वृद्धि हुन सकेन ।’
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गत वर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यस वर्ष पाकेको र काटेर सुकाईएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताए । ‘पोहोेर साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी वर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उनले भने ।
चितवनमा लगाइएको धानमा यस वर्ष बाढी र वर्षाले क्षति भएपनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाइ छ । उनका अनुसार धानको कुल उत्पादन अपेक्षित वृद्धि नभएपनि उत्पादकत्वमा भने वृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमीनको प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।
चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा पर्दछ । यहाँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।
चितवनमा २२ हजार हेक्टर हाराहारी वर्षे धान र ७ हजार ५०० हेक्टरमा चैते धान रोपाई गरिंँदै आएको छ । यहाँ सावित्री, साँवा मन्सुली, बहुगुणी र हर्दिनाथ–१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबैभन्दा बढी उत्पादकत्व हर्दिनाथ –१ को रहेको छ ।