धान उत्पादनमा आत्मर्निभर छैन बागलुङ

बागलुङ : गत वर्षको तुलनामा यस वर्ष झण्डै २०० हेक्टरभन्दा बढी जमिनमा रोपाइँ भएको थियो। समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउनमै रोपाइँ गरे। रोपाइँपछि पनि नियमित वर्षात हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुशी भए। जब धान पाक्यो र भित्र्याउने वेला भयो‚ तब बेमौसमी वर्षा भयो। लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुग्दा जिल्लामा धान उत्पादनमा गिरावट आयो।मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर

सम्बन्धित सामग्री

बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र […]

दशैंमा किसानलाई धान भित्र्याउने चटारो, आकाशमा बादल मडारिँदा बढायो चिन्ता

ढोरपाटन (बागलुङ) । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरूलाई खेतभरि पहेंलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीरसमेत परेको छ । आकाशमा बादल मडारिँदा किसान चिन्तित हुन्छन् । यतिबेला पश्चिम बागलुङका किसानलाई दशैं मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दशैं र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्याहार्ने चटारो बढी छ ।  गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्ष भए धानबालीमा ठूलो क्षति हुने जनाउँदै अहिले भित्र्याउन भ्याइनभ्याइ भएको बताए ।  गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको बताए । आफूले मार्सी जातको धान लगाएको हुँदा छिटो पाकेको पौडेलले बताए ।  उनले भने, ‘यस वर्ष अलि ढिला आयो दशैं, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दशैं सकेर धान भित्र्याउथ्यौं, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिनुभयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दशैं पोहोरपरार सालको जस्तो फुर्सदिलो नहुने भयो ।’ अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षका कारण रोकिएको बताए । पानी बिदो (वर्षा रोकिनु) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले बर्ताए । धान काटेको दुई दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएको क्षेत्रीको भनाइ छ । यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनी बताउँछन् ।  निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुनेहुँदा धान पनि छिटो नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायतका जातको धान लगाउने गर्छन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ ।  बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र, बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर ६ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ ।  त्यसमध्ये ६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । रासस

बागलुङमा धान उत्पादन घट्यो

काठमाडौँ,४ पुष । लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी […]

बागलुङमा धान उत्पादन घट्यो

बागलुङ – लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ। जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो। बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्यारेको बताउँछन्। […]

बागलुङमा सय रोपनी धानबालीमा क्षति

बागलुङ । बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षात्ले १०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जिल्लाको करीब सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । पहाडमा तराईमा जस्तो धान खेत डुबान नभए पनि पाक्न थालेको धानमा पानी र हावाले क्षति पु¥याएको हो । जिल्लाका सबै पालिकाबाट यकिन तथ्यांक भने आउन बाँकी रहेको भट्टराईले बताए । ‘जिल्लाका सबै पालिकाबाट हामीले क्षतिको विवरण संकलन गरिराखेका छौं,’ केन्द्र प्रमुख भट्टराईले भने, ‘पानी बन्द हुन थालेको छ, धेरै खेतमा धान ढालेको जानकारी आएको छ । तर धान उत्पादनमा यस वर्ष वृद्धि हुने लक्ष्य राखेको ज्ञान केन्द्रले बेमौसमी वर्षाका कारण धान खेती घट्ने अनुमान गरेको छ ।’ जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । घरमा धान भिœयाउन काटेर सुकाएका जिल्लाको निसीखोला गाउँपालिका–५ का नरसिंह घर्तीले साढे १० मुरी उत्पादन हुने खेतको धानमा क्षति पुगेको बताए । रातको समयमा पानी परेपछि धान जोगाउन नसकिएको उनको भनाइ छ । मार्सी जातका धान लगाएकाले अरू धानभन्दा छिटो पाकेको हुँदा दशैंलगत्तै काटेर भिœयाउने चटारोमा रहेका किसान बढी मर्कामा छन् । निसीखोला क्षेत्रमा अधिकांशले जडन प्रजातिका धान लगाउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसान भने बेमौसमी वर्षाको मारमा परेका छन् । रासस