काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ। दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल […]