मोरङ – कोशी अस्पतालको सुधारका लागि सरसफाइबाट काम सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाइ नै भएका कारण अहिलेलाई यसमा ध्यान दिने अस्पताल प्रशासनको तयारी छ ।
संवाद समूहको आयोजनामा आज बिहीवार विराटनगरमा भएको कार्यक्रममा अस्पताल विकास समिति र अस्पताल प्रशासनले फोहाेरमैला व्यवस्थापन गर्न कानुनी कारबाहीमा जाने तयारी गरेको हो । अस्पताल परिसरमा चुरोट खान नदिने, जाँड–रक्सी अस्पतालमा प्रवेश नदिइने, जथाभाबी थुक्ने, फोहाेर फाल्ने गरेको पाइएमा कानुनी प्रक्रियामा लगिने ...