काठमाण्डाै – पर्सि मङ्सिर ३ गतेदेखि सुरु हुन लागेको शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गर्नुभएको छ ।सम्झौताअनुसार कतार एअरवेजले 'ए' डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । सम्झौतापछि एन्फाका अध्यक्ष शेर्पाले कतार एअरवेजसँग सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद द...