विश्वासको मत पाएपछि अभिवादन गर्दै संसद भवनबाट बाहिरिए देउवा

प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । खचाखच सञ्चारकर्मीले भरिएको संसद भवन परिसरबाट अभिवादन गर्दै उनी बालुवाटारतिर लागेका थिए । देउवाले प्रतिनिधिसभाबाट १६५ सांसदको विश्वासको मत पाएका छन् भने उनको विपक्षमा मात्र ८३ मत प्राप्त भयो । यस्तै तटस्थ बस्ने १ जना रहे । देउवालाई जसपाको महन्थ ठाकुर पक्षका साथै एमालेको ओली पक्षकै केही सांसद र माधव नेपाल पक्षका सांसदले समेत भोट हालेका थिए ।

सम्बन्धित सामग्री

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् । विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए । हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको […]

माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत, बन्ला राष्ट्रिय सहमतिको सरकार ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन

संसदमा देउवा र ओलीको जम्काभेट

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिसभामा जम्काभेट भएको छ । प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमा मतदान हुनुअघि निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओली संसद वैठकमा प्रवेश गरेका थिए । त्यस क्रममा ओलीले देउवासँग हात मिलाएका थिए । विश्वासको मत माग्ने क्रममा देउवाले प्रतिपक्षी दलका नेतालाई […]

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद

संसद बचाउने पक्षमा पहिलेको भन्दा धेरै मत छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले आफूले प्रतिनिधि सभामा विश्वासको मत पाउने वातावरण तय भइसकेको बताए।  उनले संविधान र...

संसद बचाउने पक्षमा पहिलेको भन्दा धेरै मत छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले आफूले प्रतिनिधि सभामा विश्वासको मत पाउने वातावरण तय भइसकेको बताए। उनले संविधान र...

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। विश्वासकाे मत लिने सम्बन्धी सूचना संसद सचिवालयमा दर्ता गरेकाे सचेतक भुषालले देश सञ्चारलाई जानकारी दिइन्। सर्वोच्च अदालतले असार २८ गते गरेको फैसला अनुसार संसद पुनर्स्थापना भई देउवा प्रधानमन्त्री […]

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था र

संवैधानिक प्रश्न : देउवाले विश्वासको मत दिँदा ह्वीप लाग्छ कि लाग्दैन ?

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेलगत्तै शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका छन् । तर, शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनै पर्नेछ । यस्तो अवस्थामा देउवाले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल एकातिर छ भने अर्कोतिर विश्वासको मत दिँदा दलको ह्वीप लाग्छ कि लाग्दैन भन्ने प्रश्न पनि सतहमा आएको छ ।सर्वोच्चको फैसलाको बुँदा नम्बर १२० (घ) मा ‘धारा ७६ को उ