बैतडी : सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपालनाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मीनाथ रहेका छन्।स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी गरेको आरोपमा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।घरबाटै पक्राउ परे