बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको ६२ वर्षको उमेरमा निधन भएको छ । शरिरमा हेमोग्लोबिनको मात्रा कम भएका यादवलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार साँझ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । करिब एकवर्षदेखि अस्वस्थ रहनुभएका यादवको भारतको लखनउमा नियमित उपचार चलिरहेको थियो ।
राति १ बजेतिर उपचारकाक्रममा यादवको निधन भएको हो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी रहनुभएको छ ।