काठमाडौं : हत्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अत्येष्टि गरिएको छ।अमरावतीस्थित सामुदायिक वनमा शव भेटिएका दासको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले शव बुझेका थिएनन्।उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन्।पीडित पक्ष र प्रहरी तथा ज