विभक्त काठमाडौँ गईकीर्तिपुरको पाँगा दोबाटोमा कोठा लिएर बस्ने निधो गरे। कोठा भाडा रु. पाँच हजार,फोहोरको रु. सय, पानी यथेष्ट थिएन। साताको दुई दिन दुई सय लिटरको दुई ड्रम पानी जसबापत रु.डेढ सय र खानेपानी जारको किन्नुपर्ने सर्तमा कोठाको टुङ्गो लाग्यो। कोठा कीर्तिपुरमा थियो। कार्यालय रामशाहपथस्थित सर्वोच्च अदालतमा थियो। बिहान बेलुका खाना पकाउने, खाने र केही […]