भूकम्प पुनर्निर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने

भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका…

सम्बन्धित सामग्री

दार्मामा ९५२ अस्थायी आवास निर्माण

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ।विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ।सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्रले २६२ र नेकपा एमालेले १७, नेपाली सेनाले ४ र एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए। हालसम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको प्

सल्यानको दार्मामा २४१ अस्थायी आवास निर्माण

सल्यान : चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २४१ अस्थायी आवास निर्माण भएका छन्। विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन्।माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयंले १५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए। विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नाव

भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै कांग्रेस

काठमाडौँ, ७ मङ्सिर : नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ । भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका […]

पहिरोपीडितको आवास निर्माण कार्य अन्तिम चरणमा

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ अर्खलेगाउँका पहिरोपीडितका लागि आवास निर्माण कार्य अन्तिम चरण पुगेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि पहल गरी काम थालिएको हो । संघ सरकारसंग समन्वय गरी आवास […]

विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा आज आयोजना गरेको वार्षिक सम्मेलन कार्यक्रममा उहाँले संविधानमा मौलिक हकका रुपमा रहेको आवासको हक कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नेपालमा …

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न

भक्तपुर । भक्तपुरमा भूकम्पपछिको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रबलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परे पनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।       पुनर्निर्माणका लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ ।      यस्तै पूर्णक्षति नभएको तर प्रबलीकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने पाँच लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । रासस

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

काठमान्डाैं / दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले... The post दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण appeared first on Purbeli News.

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए। “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, &ldqu