काठमाडौं : शिक्षक सेवा आयोगले धमाधम विभिन्न तहको शिक्षक पदको विज्ञापन खुलाएको छ। गत मंसिर २९ गते माध्यमिक तहका लागि एक हजार ५४७ जनाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यस्तै, पुस ७ गते निम्न माध्यमिक तहका लागि दुई हजार ५९८ जनाका लागि विज्ञापन गरेको छ। मावि तहका लागि पुस १ देखि २९ गतेसम्म नियमित शुल्क र माघ ६ गतेसम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सकिने छ। आवेदन फारम अनलाइनबाट पनि भर्ने व्यवस्था आयोगले गरेको छ। परीक्षा आगामी चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ।दरखास्तका