सनराइज बैंकको ‘सनराइज केयर योजना’

काठमाडौं, २४ मंसिर । सनराइज बैंकको सनराइज केयर योजना सार्वजनिक भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि नलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको हो । यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्ने छन् । यस अन्तर्गत ग्राहकले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN […]

सम्बन्धित सामग्री

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सोमवारदेखि विक्री खुला

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर भोलि अर्थात सोमवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा सत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । शत प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । यो हकप्रद शेयर असोज ७ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो ।

सनराइज फोकस्ड इक्विटी फण्डको इकाई आजदेखि विक्रीमा

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आजदेखि सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कूल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागिएको हो ।  यो इकाई छिटोमा माघ १३ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म विक्री अवधि तय गरिएको छ । इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ । न्यूनतम विक्री हुनुपर्ने इकाई विक्री नभएमा उक्त योजना खारेज गरी १५ दिनेभित्र निवेदनको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकको भनाई छ ।  यस योजनाको इकाई विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रवर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

सनराइज बैंक लिमिटेडलाई पुनः केयर एनपी एक ईस्यूवर रेटिङ

काठमाडौँ – सनराइज बैंक लिमिटेडलाई केयर रेटिङस् नेपाल लिमिटेडले पुनः ‘ए’ ईस्युवर रेटिङ प्रदान गरेको छ। केयर रेटिङस् नेपाल लिमिटेडद्वारा गरिने निरीक्षणमा बैंक विगत ४ वर्षदेखि नियमित रुपमा ‘ए’ रेटिङ प्राप्त गर्न सफल भएको छ। ‘ए’ रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरुमा न्यून […]

सनराइज बैंकलाई ए प्लस इस्युवर रेटिङ प्रदान

काठमाडौं (नेस) । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ए प्लस इस्युवर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा एप्लस रेटिङ प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । ए प्लस रेटिङ भएका वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘इस्युवर […]

सनराइज बैंकले पायो न्यून जोखिम मानिने ए माइनस ईस्यूवर रेटिङ

सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपालले पुन: ए माइनस ( 'A-') ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्सद्वारा गरिने निरिक्षणमा बैंकले विगत ४ बर्ष देखि नियमित रुपमा “A-' रेटिङ्ग प्राप्त गर्न सफल भएको बैंकले उल्लेख गरेको छ। ए माइनस रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिने बैंकले जनाएको छ। बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्ने बैंकले उल्लेख गरेको छ। आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।