कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजामति सेवाका सबै कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन प्रतिवद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको अन्तक्र्रियामा मन्त्री बडूले संसदबाट ऐन ल्याउने वातावरण नभएकोले अध्यादेशबाट भए पनि ऐन ल्याउने विषयमा छलफल भइरहेको र ऐनमा कर्मचारीका मागहरुलाई सम्बोधन गर्न सरकारले अधिक