जाजरकोट प्राविधिक शिक्षालयको बिजोग : कक्षाकोठा र फर्निचर नहुँदा  कार्पेटमा बसेर चौरमा पढाइ

गाउँमै प्राविधिक शिक्षा प्रदान गर्न तीन वर्षअघि जाजरकोटको भेरी नगरपालिका काफलचौरमा जाजरकोट बहुप्राविधिक शिक्षालय खुलेको थियो । तर, भौतिक पूर्वाधार नहुँदा विद्यार्थीको बिजोग भएको छ । खुला आकाशमै पढाइ भइरहेको छ भने...

सम्बन्धित सामग्री

जापानले बनाइदियो गोरखाको रामेश्वरी माविको कक्षाकोठा भवन

जापान सरकारको सहयोगमा गोरखाको रामेश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा भवन निर्माण गरी त्यसको उद्घाटन र हस्तान्तरण गरिएको छ । जापान सरकारद्वारा जापानी गैरसरकारी संस्था परियोजनाको लागि अनुदान सहायता अन्तर्गत निर्मित भवनको बिहिबार जापानी राजदूत किकुता युताकाको उपस्थितिमा उद्घाटन गरिएको हो । उक्त परियोजना जापानी गैरसरकारी संस्था चाइल्डफण्ड जापानद्वारा कार्यान्वयन गर्दै आएको यहाँस्थित जापानी दूतावासले जनाएको छ …

चिसो बढेपछि कक्षाकोठा बाहिर पठनपाठन

सिमकोट – जिल्लाका अधिकांश विद्यालयमा यतिबेला पठन पाठन कक्षाकोठा बाहिर गर्नुपर्ने भएको छ। हिउँ पर्न सुरु भएसँगै चिसो अत्यधिक बढेपछि विद्यालयले पठनपाठन कक्षाकोठा बाहिर परेको हो। सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँको सैपाल हिमाल माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर बुढाले विद्यार्थी र शिक्षकलाई चिसोबाट बचाउन कक्षाकोठा बाहिर पठनपाठन गर्नु परेको बताए। उनले सबै कक्षा दिउँसो एक बजेपछि […]

अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा

भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।

अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा

भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।

विद्यालयको पीडा : कक्षाकोठा जलमग्न

चन्द्रौटा : विद्यालयमा चारवटा कक्षा कोठा छन्। सबै कोठाको पानी पर्दा बाल्टी थाप्नुपर्ने बाध्यता छ। जीर्ण भवन, प्वाल परेको जस्तापाताले गर्दा विद्यार्थीलाई मात्र होइन‚ शिक्षक शिक्षिकालाई पनि समस्या छ।कक्षाकोठामै पानी चुहिन थालेपछि विद्यार्थीहरू पानी छल्न ओभानोतर्फ बस्ने गर्छन्। पानीका छिटा विद्यार्थीहरूका पुस्तकमा पर्दा कपीकिताब नै भिज्ने गर्छन्। यो समस्या कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको ज्ञान ज्योति आधारभूत विद्यालयको हो।सानो पानी पर्दा पनि कक्षाकोठामा बाल्टी भरिन्छ। ठूलो पानी

मोरङको बूढीगंगास्थित विद्यालयमा २ करोड लागतमा कक्षाकोठा निर्माण

काठमाडौँ–राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बूढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ। राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइदिएको हो। बूढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय परिसरमा बिहीवार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय […]

तालमाथि कक्षाकोठा !

हुम्लाकाे दक्षिण भेग ताजाँकोट गाउँपालिका केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानीको ताल परेको कक्षाकोठाभित्र बसेर पढ्न बाध्य छन् ।जिर्ण  कक्षाकोठा त्यसमाथि पानी जमेको भुइँमा बसेर पढ्नु आफ्नो बाध्यता रहेको...

सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा अभाव

देशभर प्रारम्भिक बाल विकाससहित ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । सरकारी तथ्यांकअनुसार यी विद्यालयमा करिब डेढ लाख कक्षाकोठा अभाव छन् ।  देशभरका सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा आवश्यक रहेको शिक्षा...

राउन्ड टेबल नेपालले निर्माण  गरेको कक्षाकोठा हस्तान्तरण

वीरगन्जको छपकैयामा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालयलाई राउन्ड टेबल नेपालले चारवटा कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यालयको भवनमा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेतीले सुविधासम्पन्न चारवटा...

माथि जीम सेन्टर, तल कक्षाकोठा

विद्यालयमा कक्षाकोठाको दुःख सकिएको छैन । ईसीडीदेखि कक्षा आठसम्म सञ्चालन अनुमति पाएको विद्यालयले भवनको ६ वटा कोठा मात्र प्रयोग गर्न पाएको छ । पर्याप्त कक्षाकोठा नभएकै कारण बिहान र दिउँसो गरी दुई सिफ्ट पठनपाठन गराउनु परेको छ ।